
माघ ११ गते ।
टर्कीमा गतराती ६.८ म्याग्निच्युडको भूकम्पमा परि १९ जना भन्दा बढीको मृत्यु भएको छ । एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र विन्द्र भएर गएको भूकम्पले ठूलो धनजनको क्षती भएको संचारमाध्यमहरुले जनाएको छ ।
अहिले उद्धारको कार्य भईरहेको छ भने भूकम्पको धक्का सिरिया, लेबनान र इरानमासमेत महसुस गरिएको थियो ।
भूकम्पकले सयौँ भवनहरुमा क्षति पुग्दा कयौँ घाइते भएका छन् । भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएको टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ ।
