
माघ ११ गते ।
नेपालको छिमेकी राष्ट्र चिनबाट फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ । चिनबाट आएका एक विद्यार्थीमा भाईरको सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो ।
“चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।” विज्ञाप्तमा उल्ले गरिएको छ ।
बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको छ । यस बारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधान अनुसार विश्व स्वास्थ्य सङ्गठनलाई विस्तृत जानकारी गराउने मन्त्रालयले जनाएको छ ।
अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका लक्षणहरू : बच्ने उपाय :
१. श्वास प्रश्वासमा समस्या देखिनु १. रूघाखोकीबाट सङ्क्रमित व्यक्तिबाट टाढै रहने
२.ज्वरो आउनु २. खोक्दा हाँच्छिउ गर्दा रूमालको प्रयोग गर्ने
३. निमोनिया हुनु ३. अत्यधिक भीडभाडमा जाँदा अनिवाय माक्सको प्रयोग गर्ने
४. खोकी लाग्नु ४. सार्वजनिक स्थानहरूमा जथाभावी हातले नछुने
५. टाउको दुख्नु ५. सरसफाइमा विशेष ध्यान दिने
