
उदयपुर, माघ ११ गते ।
उदयपुरमा पहिलो पटक भएको फुटसल प्रतियोगीता शनिबार सम्पन्न भएको छ । सगरमाथा मोडेल स्कुलको आयोजनामा भएको प्रतियोगीता सम्पन्न भएको हो ।
“स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ सप्ताहिक कार्यक्रम अन्तरगत भलिबल, एथलेटिक्स, म्याम रेस र म्यूजिकल चियर खेलमा प्रतिस्पधा भएको थियो ।
विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्दै खेलको माध्येमबाट अगाडी बडाउने उद्देश्य रहेको सथरमाथा मोडेल स्कूलका प्रधानध्यापक पुरुषोतम सापकोटाले बताए । म्यूजिकल चियर प्रतियोगीतामा अभिभावकलाई समेत सहभागि गराएको उनले बताए ।
कार्यक्रममा १२ औँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता पुष्प विकलाई अभिन्दन गरेको थियो । त्यस्तै १ न. प्रदेशबाट रजत वजेता विद्यार्थी रोशन चोधरीलाई पुरस्कृत गरिएको प्रअ सापकोटाले बताए । प्रतियोगीताका विजेता उपविजेतालाई पदक र प्रमाण पत्रले सम्मान गरेको उनले बताए ।
शिक्षिका नमु न्यौपानेको कोरियो ग्राफीमा १६का एक टिमले नृत्यु प्रस्तुत गरको थियो । ‘पूर्वको मेची हाम्रै हो, पश्चिमको महाकाली हाम्रै हो’ भन्ने बोलको गितमा गरिमा तिमिलसिना, दिया विक, भावना थापा, पृजम राई, नवदिता गौतम, पृन्सिका रेग्मी, लक्ष्मि विक लगायतका विद्यार्थीहरुले प्रस्तुति दिएको शिक्षिका न्यौपानेले बताईन् ।
कार्यक्रमको सभापति विद्यालय व्यावस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, प्रमुख अतिथि त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष जयविक्रम राईको साथमा अन्य अतिथिहरुको आतिथ्यता रहेको थियो ।
