Thursday, May 21News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

खोटाङ, माघ १६ गते । 

खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी–१४ निबासी ५९ बर्षीय कर्णबहादुर राईको  मृत्यु भएको हो ।

गत सोमबार आफन्तको घर दिक्तेल रुपाकोट मझुवागढीबाट आफ्नो घर जान्छु भनी हिडेका राई  दुई दिनसम्म घर नपुगेपछि आफन्तले खोजतलास गर्ने क्रममा उनलाई सिद्धबोटे भिरबाट लडी मृत्यु भएको अबस्थामा फेला पारी प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ प्रहरी तत्काल घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।