
ओखलढुङ्गा, साउन ३० गते ।
ओखलढुङ्गाको खिजिदेम्बामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । खिजिदेम्बा – ४ निबासी ३६ वर्षीय बालकुमारी विक भिरबाट लडेर मृत्यु भएको हो ।
गतराती साढे ७ बजे घरबाट दिदिको घर जाँने क्रममा भिरबाट लडेर विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी घटना स्थल पुगी शव भिरबाट निकाली थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
