Tuesday, May 5News That Matters

रवि लामिछानेसहित ३ जना पक्राउ

साउन ३० गते । 

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ रेको छ ।

कार्यलयबाट नै पक्राउ परेका लामिछाने र कँडेल भन्दा केहि घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उक्त अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चितवनको गत साउन २२ गते । कंगारु होटलमा मृत भेटिएका पूर्वसहकर्मी शालिकराम पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । उक्त भिडियोको वयानको आधारमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक लामिछाने र सोही कार्यक्रममा कार्यरत कँडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका पुडासैनीलाई होटलवालाले राति खाना खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए । लामिछानेलाई पक्राउ गर्नु अघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

लामिछानेलाई पक्राउ गर्नु अगाडी एक अस्पतालमा कार्यरत नर्स अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । नर्सलाई पक्राउ नगरी  ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ ।

अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।