Monday, June 8News That Matters

भारतमा बढी खोजीने सनी

साउन ३१ गते ।

बलिउडमा यति बेला अभिनेत्री सनी लियोनीले सफलता कमाई रहेकी छिन् । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी सनीलाई भारतमा राम्रो स्थान पाएका हुन् ।

अगष्ट २०१९ सम्म गरिएको गुगल सर्च सर्भेमा सनीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता सलमान खान तथा शाहरुख खानभन्दा बढी खोजिएको पाइएको छ ।

भारतको गुगल सर्चमा सनी सबैभन्दा बढी खोजिएकी हुन् । गुगल ट्रेण्ड एनालिटिक्सका अनुसार सनीका भिडियोहरू सबैभन्दा बढी खोजिएको छ ।

अघिल्लो वर्ष पनि भारतको सबैभन्दा बढी गुगलमा खोजिने व्यक्तिमा सनी नै थिईन् । सनीले सलमान खानको शो बिग बोसमार्फत् टेलिभिजन हुँदै बलिउडसम्मको यात्रा तय गरेकी थिइन् तर अहिले उनै सलमानभन्दा बढी खोजिनेमा उनी परेकी छन् ।

भर्खरै सनीले नेपाली फिल्म ‘पासवर्ड’ मा पनि आइटम डान्स गरेकी छन् ।