
उदयपुर, साउन ३१ गते ।
उदयपुरको रौतामाईका बाढी पिडित क्षेत्रमा प्रदेश न. १ का मुख्यमन्त्रि शेरधन राईले स्थलगत अनुगमन गर्नुभएको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुची बजारको छौड्याहा खोला र पुँवारे खोलाले गरेका क्षतीको स्थलगत अनुगमन गर्नुभएको हो ।
गत असार ३० गते राती घरमा सुतिहरेको अवस्थामा छौड्याहा खोलामा अचानक आएको बाढीले बगाई घाईते भएकी सुनिता तामाङसँग प्रत्यक्ष भेटघाट गरी प्रदेश सरकारले सेवा सुविधा उपलब्ध गराउने मुख्यमन्त्रि राईले आश्वसन दिनुभएको छ ।

बाढी पहिरोले क्षती गरेका खानेपानी, सिचाई लगायतका क्षतीको स्थलगत अनुगमन र मुर्कुची बजारमा रहेको रौता जनता क्याम्पसको पनि अवलोकन गर्नु भएको छ । मख्यमन्त्रि राईले बजारमा जनताको जनगुनासो समेत सुन्नु भएको थियो ।
पालिकाको समग्र विस्थापित, जोखिम, मृत्यु लगायतका बाढी पहिरोबाट भएका क्षती र राहत, उद्दारको विवरण सहित मुख्यमन्त्रि राईलाई पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रतिवेदन बुझाउनु भएको पापिलकाले जनाएको छ ।

रौताजनता क्याम्पस व्यावस्थापक समितिले क्याम्पस संचालन गर्नका लागि आवश्यक सहयोगको माग गर्दै समितिले मुख्यमन्त्रि राईलाई निवेद बुझाएको छ । त्यसै गरी मुर्कुची बजार संरक्षण समितिले खोलाबाट हुने क्षती रोक थामको लागि बाँध निर्माणको माग गर्दै निवेदन दिएको अध्यक्ष खड्काले बताउनुभयो ।
क्षती भएको ठाउँको प्रत्यक्ष स्थलगत अनुगम गरेपछि पालिकाबाट आएको प्रतिवेदन र समितिहरुले दिएको निवेदनको अध्ययन गरी प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्रि राईले बताउनुभयो ।
