
साउन ३१ गते ।
नगरपरासीका एक विद्यालय व्यावस्थपन समितिका अध्यक्ष र प्रधानध्यापकलाई ६५ हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
पाल्हीनन्दन गाउँपालिका–३ को सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई रंगेहात पक्राउ गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकार्यालयको टोलीले बिहीबार परासीको लुम्बिनी प्लसको कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका थिए ।
