
ताप्लेजुङ, पुस ३ गते ।
ताप्लेजुङको फक्तालुङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएका छन् । फक्तालुङ गाउँपालिका–६ फेदी जंगलको भिरबाट लडेर मृत्यु भएका हुन् ।
विहान करिब १० बजे घर नजिकै रहेको फक्तालुङ गाउँपालिका–६ फेदी जंगलको भीरबाट लडेर फक्तालुङ– ५ लामाटर निबासी १८ बर्षीय दिपेश राई र खोटाङको ऐसेलुखर्क घर भई हाल फाक्तालुङ बस्दै आएको २३ वर्षीय सुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट मालिङगो काट्न भनि हिडेका दुवै जना घर नफर्केपछि खोजी जाने क्रममा भीरबाट लडी दुवै जना मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
