
ईलाम, पुस ३ गते ।
ईलामको ईलाममा लडेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–८ निबासी ५१ वर्षीय टेकबहादुर राईको बिहान करिब ३ बजे लडेर मृत्यु भएको हो ।
घर बाहिर रहेको सार्वजनिक टहरोमा जादै गर्दा एक्कासी लडेको अवस्थामा राईलाई घरका सदस्यले देखेपछी घर भित्र लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
