Tuesday, March 25News That Matters

भुट्टार पहिलो सरसफाइ वडा घोषणा (फोटो फिचरसहित)

पूर्णपुष्टि/भुट्टार, पुस १८ गते ।

उदयपुरको रौतामाई गाउँपालिकाको वार्ड नं २ भुट्टारलाई सोमबार जिल्लाकै पहिलो पूर्ण सरसफाइ वार्ड घोषणा गरिएको छ । यससँगै भुट्टार प्रदेश नं १ अन्र्तगतको दोस्रो पुर्ण सरसफाइ वार्ड घोषित भएको हो ।

पूर्ण सरसफाइका लागि सबै सुचक पुरा गरेको भुट्टारलाई प्रतिनिधिसभा–२ का सांसद एवंम नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य शुरेसकुमार राई (हिमाल)ले सरसफाइ वार्ड घोषणा गर्नुभयो ।

सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइ राष्ट्र घोषणा गरिसक्ने सरकारको लक्ष्यअनुरुप भुट्टारलाई जिल्लाकै पहिलो पुर्ण सरफाइ वार्ड घोषणा गरिएको हो । हालको वार्डनं २ भुट्टार संघिय संरचना बन्नु अघि भुट्टार गाबिस थियो । संरचना बन्नु अघि नै घोषणा गर्ने गरी ग्रामिण खोनपानी तथा सरसफाइ कोष विकास समिति (फनवोर्ड)को सहयोग र डिवाससिसीको समन्वय तथा शान्ति समाज केन्द्र पेसोकको सहजिकरणमा यो अभियान सुरु भएको हो ।

पूर्णसरसफाइ क्षेत्र घोषणाका लागि न्युनतम मापदण्डहरु योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमो पहँुच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवंम संस्थागत सरसफाइ, वातवरणीय सरसफाइ गरी ७ वटा सुचक पार गर्नु पर्ने हुन्छ ।

तोकिएका सुचकअनुसार प्रत्येक घरमा प्रयोगकर्तामैत्री गुणस्तरीय चर्पी निमार्ण र सावुन पानीको व्यवस्था, नेपाल गुणस्तर मापदण्ड अनुसारको पीउने पानीमा सबैको पहुँच, सार्वजानिक शौचालय, घोषित क्षेत्र सरसफाइ र वातावरण मैत्री, खुल्ला दिशापिसाव मुक्त वातावरण लगायतका मापदण्डहरु भएपछि वार्डलाई घोषणा गरिएको खानेपानी तथा सरफाइ डिभिजन कार्यालय उदयपुरका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

५ सय ६९ घरधुरी रहेको सो वार्डलाई घोषणा कार्यक्रममा वडाबासीको उल्लासमय उपस्थिति रहेको थियो । पञ्चेवाजासहितले गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष कुमारी राना ज्यु ठकुरी, वार्डअध्यक्ष खविन्द्र रास्कोटी लगायतका स्थायीयले प्रमुख अतिथि सांसद राई र विशिष्ट अतिथि सोही क्षेत्रका प्रदेश १ का सांसद तथा नेकपा माओबादी केन्द्रका जिल्ला सहइन्र्चाज नारायण बुर्जामगर, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई लगायतलाई स्वागत गरेका थिए ।
झण्डै २ किलोमिटर वरबाट अतिथिहरुलाई पञ्चेवाजासहित कार्यक्रमस्थलसम्म शुभर्यालीबाट पुर्याईएको थियो । सांसदहरुले प्रतिवद्धता पत्रको व्यानरमा हस्ताक्षर गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शुरेर राईले गाउँ, बस्तिसँगै व्यक्ति सफा भएमात्र राष्ट्र सफा हुने बताउनुभयो । विशेषगरी व्यक्तित्व सफासंगै सोच सफा हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले सफा दिलले काम गर्न सबैलाई आग्रह गर्नुभयो । राईले शिक्षा क्षेत्रको आमुल परिवर्तनबाट मात्रै देश विकास सम्भव भएकाले ३० प्रतिशत सैद्धान्तिक र वाँकी ७० प्रतिशत व्यवहारिकत तथा प्राविधिक शिक्षाको व्यवस्थामा अब बन्ने वाम सरकाले नीति लिने बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकता हुँदै औधोगिककरणमार्फत समृद्ध देश बनाउने अभियानमा गठबन्धन सरकार लागि पर्ने बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रिय सरकारको समन्व्यमा विकास निर्माणलाई अघि बढाईने बताउनुभयो ।

त्यसैगरी प्रदेश सांसद नारायण बुर्जा मगरले जनताको चाहाना र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफु निर्वाचित भएको क्षेत्र भौगोलिकरुपमा पनि असाध्यै विकट क्षेत्र भएकाले विकटतालाई सहजतामा परिणत गर्ने बताउनुभयो ।
कार्यक्रममा अन्य अतिथिहरुले निरन्तरताका लागि जोड दिएका थिए । कार्यक्रममा स्थानीय बालबालिका समुह र जिल्ला स्तरका कलाकारहरुले साँस्कृतिक कला प्रर्दशनसमेत गरेका थिए ।