Thursday, May 28News That Matters

भुल्केमा आजैमात्र ११ कोरोना संक्रमित पुष्टि, अब जम्मा संख्या २४ पुग्यो

पूर्णपुष्टि, बैशाख ९ ।

भुल्केमा आजमौ ११ जना कोरोना संक्रमित फेला परेको सरकारले पुष्टि गरेको छ । योसंगै भुल्केमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

८ जना कोशी हस्पीटल विराटनगरमा स्वाप परिक्षणबाट पत्ता लागेका हुन् भने ३ जना राष्टिय जनस्वस्थ्य प्रयोगशालाबाट पत्ता लागेका हुन् ।

कोशी अस्पतालमा परिक्षण गरिएको ६९ मध्ये ८ जनामा संकास्पद देखिएको भन्दै विहान एम्बुलेन्सबाट धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाको अस्पतालले पुष्टि गरेको थियो । अस्पतालले पुष्टि गरेसंगै सरकारले पनि पुष्टि गरेको छ । बैसाख ६ गते प्रदेश सरकारको तर्फबाट आएको स्वास्थ्यकर्मीटोलीले ६९ जनाको स्वाप नमुना संकलन गरेर परिक्षणमा लगेको थियो । त्यस्तै नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले ७ र ८ गते थप २ सय ६० जनाको नमुना स्वाप संकलन गरी परिक्षण गरेकोमा आज ३ जनामा पोजेटिभ देखिएको हो । परिक्षणको कार्य भईरहेको जनाइएको छ ।

यसअघि त्यहाँ १३ जना संक्रमित पुष्टि भइसकेको छ । तीनै १३ जनाबाट पछिल्लो ११ जना संक्रमित भएका हुन् । उदयपुरको २४ संक्रमितसहित देशभरमा ४२ जना पुगेको छ ।