पूर्णपुष्टि, माघ १२ । नेपालमा थाहै नपाई मृगौला खराब हुने क्रम बढ्दो रहेको सन्दर्भमा उदयपुर समाज काठमाडौं र मार्क इन्टरनेश्नल किड्नी सेन्टरले निःशुल्क मृगौला परिक्षण शिविर आयोजना गरेको छ ।
डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा शिविर सञ्चालन भएको हो ।शिविरको उद्घाटनको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, विशेष अतिथि नेपाली सेना १८ नं। वाहिनीपति मनोज बैदवारले मन्तब्य दिदै शिविरबाट सर्बसाधारणलाई सहयोग पुग्ने बताए । वडाध्यक्ष तिलक बहादुर कटुवालले कार्यक्रम प्रभावकारी हुनेमा विश्वास ब्यक्त गरे ।
पवित्रा गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समाजका महासचिव बसन्तकुमार कटवालले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सनिदप बस्नेत, सदस्य समृद्धि राणाको उपस्थिति थियो ।