Tuesday, April 21News That Matters

भुल्केमा १२५ काे स्वास्थ्य परिक्षण, कोरोना लक्षण देखिए

पूर्णपुष्टि, वैशाख १२ ।

       कोरोना संक्रमित स्थान भुल्केमा आज भएको स्वास्थ्य परिक्षणमा कसैको पनि कोरोना संक्रमणको लक्षण फेला परेन । सामान्य स्वास्थ्य शिविरकै रुपमा गरिएको स्वास्थ्य परिक्षणमा भुल्केका एकसय २५ जनाको स्वास्थ्य परिक्षण भएकोमा कसैमा पनि कोरोनाको लक्षण देखा नपरेको जिल्ला अस्पताल उदयपुरका प्रमख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जिवनारायण मण्डलले जानकारी दिनुभयो । त्यहाँ ७३ महिला र ५२ पुरुष गरी १ सय २५ जनाको स्वास्थ्य जाँच भएको उहाँले बताउनुभयो ।

       स्वास्थ्य जाँच गराएकाहरुमा प्रेसर, सुगर र अन्य सामान्य विमारीहरु आएका थिए । केही गर्भवतीको पनि चेक भएको थियो । चेकमा गम्भिर अवस्थाको विरामी नभएको डाक्टर मण्डलले बताउनुभयो । विशेष गरी उक्त ठाउँ कोरोना संक्रमित स्थान भएपनि चेकमा आएका मानिसहरु कसैमा कोरोनाको लक्षण नदेखिएको उहाँले बताउनुभयो । कोरोनाको लक्षण भेटिएको अवस्थामा अस्पतालको आइसोलेशनमा राख्ने तयारीका साथ स्वास्थ्य परिक्षण गरिएको थियो ।

       गत वैशाख ५ गतेदेखि भुल्केमा कोरोना संक्रमित पुष्टि हुदै जाँदा २८ जना संक्रमित फेला परिसकेपछि गाउँ सिल गरिएको छ । गाउँ सिल रहेको अवस्थामा उनीहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय र त्रियुगा नगरपालिकाले स्वास्थ्य परिक्षण कार्यक्रम राखेको हो ।

तस्विरहरू :