Monday, April 20News That Matters

सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

मोरङ, बैशाख १२ गते ।

मोरङमा सामुहिक जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । राती बुढिगंगा गाउँपालिकाकी एक बालिकालाई समुहिक जक गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको हो ।

गत माघ १५ गते राती बुढी गंगाकी बालीकालाई जबरजस्ती सामुहिक करणी गरेको आरोपमा १६ वर्षीय दुई जना बालक सहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राईलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।