
पाँचथर बैशाख १२ गते ।
पाँचथरमा लडेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । मिक्लाजुङ–६ कन्याटार निबासी ९० बर्षीय सुरेन्द्र राईको लडेर मृत्यु भएको हो ।
आफ्नै घर नजिक रहेको बारीमा घाँस काट्ने क्रममा दिउँसो साढे १ बजे अचानक लडी करिब ६ मिटर तल खसेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली घटना स्थल तर्फ गएको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
