भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

पूर्णपुष्टि, असोज १४ ।
भेटघाट ब्याड्मिन्टन क्लबले त्रियुगा नगरपालिका ८ चुहाडेमा आजबाट जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्दैछ । निजि लगानीमा निर्मित कवर्डहलको उद्घाटनसंगै प्रतियोगिता हुने भएको हो । प्रतियोगिता तीनदिनसम्म संचालन हुनेछ ।
सञ्चालक विक्रम सिङ्ह खड्काकाअनुसार प्रतियोगितामा जिल्ला भरीकै खेलाडीहरुको सहभागिता र उत्कृष्ट खेल प्रदर्शन हुनेछ । सो ठाउँमा ब्याड्मिन्टन खेलसंगै सांगीतिक कार्यक्रम, रेस्टुरेन्टसमेत गरी थ्री इन वनको अवधारणामा कवर्डहल लगायतका भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा ए र बी डिभिजन गरी दुई इभेन्ट्समा खेलाइने छ । डबल्स खेल हुने प्रतियोगितामा ६४ जोडाले भाग लिएका छन् । जसमा १० जोडी एक डिभिजनका रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ८ हजार नगद पुरस्कार रहेको छ । यो संगै मेडल, ट्रफी र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा उदयपुर ब्याड्मिन्टन संघको सहकार्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: