भ्यान दुर्घटनाबाट २ जनाको मृत्यु, ८ घाईते

पूर्णपुष्टि, मंसिर २९
ईलामको सुर्योदय नगरपालिका–७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने, आठ जना घाईते भएका छन् । माईजोमाई गाँउपालिका–४ का ७६ वर्षीय राम प्रसाद तिमसिना र माईजोमाई–३ का ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो, भने अन्य आठ जना घाईते भएका हुन् ।
हिजो दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुति भ्यान आफै अनियन्त्रित भई सडकबाट १ सय मिटर तल झरी दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लागिएकोमा तिमसिना र घिमिरेको उपचारको क्रममा मृत्यु भएको थियो ।
चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: