
पूर्णपुष्टि, बैशाख ७ गते ।
आजदेखि भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमणको (पीसीआर) परीक्षण सुरु भएको छ ।
हिजो प्राप्त भएका आठ वटा स्याम्पलको अहिले जाँच भइरहेको अस्पतालले जनाएको हो । तीन सिफ्टमा दैनिक एक सय जना सम्मको स्वाब परीक्षण गर्न सकिने भएको छ ।
प्रदेश सरकारको आर्थिक सहयोगमा भेरी अस्पतालमा पीसीआर मेसिन जडान गरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राविधिक सहितको टोलीको सहयोगमा नेपालगञ्जमा पीसीआर जडान भएको हो ।
