Monday, April 20News That Matters

रिजाल्को ग्याँस घरघरमै डेलीभरी सुविधा

गाईघाट/बैशाख,७

गाईघाटमा आफ्नो ग्राहकहरुलाई रिजाल्को ग्याँसले घरमै डेलीभरीको सुविधा दिएको छ । लकडाउनमा सर्वसाधरण तथा ग्राहकहरु डिलर सम्म आइपुग्न नसक्दा डिलरले यो सुविधा गरेको हो । डिलरले घरमै गाडीमा पुराउने सुविधा गरेको छ । त्रियुगा नगरभरी रहेको आफ्नो गा्रहकहरुलाई घरमै ग्याँसको सुविधा दिने कार्य गरेको डिलरले जनाएको छ ।

गाईघाट आसपास लगाएत अन्य ठाउँ मोतिगडा, बगाहा, असारी बोक्से, गैरुन राजावास, पर्ता, चुहाडे, लगाएतका ठाउँहरुमा होम डेलीभरी गरिरहेको छ । डिलरका प्रोपाइटर नन्द किसोर साहाका अनुसार डिलरमा आउने वित्तिकै ग्यास होम डेलीभरी गर्ने बताउनुभयो । उहाँले ग्याँस ग्याप गरी डेलीभरी गर्ने गरेको बताउनुभयो । सकिएपछि आउने टाइममा ग्याप हुने र आइसकेपछि वितरण तथा डेलीभरीमा लागि हाल्ने शाहाले बताउनुभयो ।

रिजाल्को हिजो मात्रै पनि ७५ ओटा भन्दा बढी ग्याँस डेलीभरी भएको प्रोपाइटर शाहाले बताउनु भयो । हिजो डेलीभरी गरेपछि डिलरमा ग्याँस सकिएको बताउँदै तत्काल आज र भोलीमै ग्याँस डिलरमा झर्ने बताउनुभयो ।