
भदौ १७ गते ।
बेलायत सरकारले गोरखा सैनिकले वषैँदेखि माग गर्दै आएका मागको सुनुवाई नभए भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावन दिएका छन् । गोरखा सैनिकलाई बेलायती सैकिन सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग गर्दै वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले चेतावनी दिएका हुन् ।
बेलायतले गोरखा सैनिकलाई विभेद गरेको भन्दै असमान व्यवहार हटाउन सरकारलाई पटक–पटकको आग्रह सुनुवाइ नभएकाले गोर्खा सत्याग्रह संघर्ष समितिले भोक हडतालमा उत्रिने चेतावनी दिएको हो । भूतपूर्व ब्रिटिस गोरखा सैनिकको हक–हितका पक्षमा आवाज उठाउँदै आएका गोर्खा सत्याग्रह संघर्ष समिति एक संस्था हो भने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पनि सक्रिय छ ।
चेतावनी दिएका गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारलाई आगामी २४ अक्टुबरसम्मको समय दिएको छ । समय भित्र बेलायत सरकारले मागको सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने समितिले जनाएको छ ।
बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् । नेपाल र बेलायत सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको राईले बताए ।
माग बारे संवादमार्फत समाधान गर्न दुई देशका सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने राईले बताएको छ ।
गोरखा सैनिकको लामो इतिहास र योगदान गरहेको छ । प्रथम विश्वयुद्धमा आफ्नो पक्षमा पार्न बेलायतले नेपाली प्रयोग गरेको थियो । त्यसपछि आफ्नने राष्ट्रियता र स्वाधीनताका लागि नेपाली भर्ती भएर कैयन नेपालीले सेवा गरिरहेका छन् भने सैन्य सेवामा र्पुयाएको योगदानको प्रशंसा गर्दै नेपालीहरू त्यहाँको विभिन्न प्रतिष्ठित पदकबाट सम्मानित भएको इतिहास छ ।
तर बेलायत सरकारले गोरखा सैनिकलाई विभेद गरेकाले भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् । बेलायत सरकारको असमान व्यवहारविरुद्ध संघर्ष गर्दै आएपनि माग सुनुवाई नभएपछि भोक हड्तालको चेतावनी दिएका हुन् ।
