Monday, April 20News That Matters

तलब नपाएपछि सुपरभाइजको हत्या

भदौ १७ गते ।  

मलेसियामा नेपाली सेक्युरिटी गार्डले तलब नपाएपछि सुपरभाईजरको हत्या गरेको छ । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा हत्या गरेको हो ।

सुपरभाईजर ५४ वर्षीय ली पोह मेङलाई हेल्मेटले हिर्काएर मारेको प्रहरीले जनाएको छ । ली मेङको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो ।

सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी अधिकृतले जनाएको छ ।

दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको भएपनि पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।