Monday, April 20News That Matters

६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण

भदौ १७ गते । 

नेपाल राष्ट्र बैंकले दुई करोड २१ लाख खाताको छ खर्ब ३८ अर्ब रुपैँयाको निक्षेप सुरक्षण गरेको छ । बैंकले ८५ वटा बैंक तथा वित्तीय संस्थाका प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल  र मुद्दती निक्षेपक गरी ६ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ निक्षेपको सुरक्षण गरेको हो ।

गत असार मसान्तमा १ करोड ९३ लाख निक्षेपकर्ताहरुको ४ खर्ब ३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण गरिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको २५ अर्ब ६६ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ ।

गत असार मसान्तमा १४ अर्ब ३५ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थामा झण्डै १४ लाख ४० हजारको संख्या ऋण खाता रहेका छन् । १४ लाख ३९ हजार ६ सय ४८ ऋण खाता रहेको राष्ट्र बैंकले जारी गरेको गत वर्षको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०७५÷७६ मा २ हजार ८ सय ४२ ऋणी कालो सूचीमा परेका छन् । गएको वर्ष ६ सय २८ ऋणी कालोसूचीबाट हटेका तथ्याङकमा उल्लेख छ । असार मसान्तसम्ममा ८ हजार ६ सय २० ऋणी कालो सूचीमा परेको उल्लेख छ ।