Monday, June 22News That Matters

भोजपुरमा करेन्ट लागी एकजनाको घटनास्थलमै ज्यान गयो

पूर्णपुष्टि,वैशाख २८

भोजपुरमा करेन्ट लागेर एकजनाकोे घटनास्थलमै ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका–१ अरुणडाडाका ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर ज्यान गएको हो ।

आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनी साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भ¥याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै ज्यान गएको छ ।

घटनाको बारेमा जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटि गई थप अनुसन्धान आगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।