
पूर्णपुष्टि, भदौ २५
भोजपुरमा आजदेखि एक हप्ताको लागी पुनः लकडाउन सुरु भएको छ । कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनमा जिल्ला भरका खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोल्न पाउने गरी एक हप्ता लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन भोजपुरले जनाएको छ ।
लकडाउनका बेला अत्यावश्यक कामबाहेक जिल्लाभर भीडभाड हुने क्षेत्रसहित बजार, होटल, यातायात तथा सीमा क्षेत्र बन्द गरिएको छ ।
हिजो भोजपुरको षडानन्द नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

