
गाईघाट/असोज, २०
आइ. एम. ई. . नेपाल लोक स्टार सिजन 1 को टप 5 मा पर्न सफल उदयपुरका विनोद दनुवारले सम्पूर्ण नेपालीहरुमा भोटको अपिल गरेको छ । सोमवार गाईघाट स्थित विनोद दनुवार जिताऔँ अभियानको क्रममा गाईघाट आइपुगेको दनुवारले सम्पूर्ण उदयपुरवासी लगाएत सम्पूर्ण नेपालीहरुमा भोटको अपिल गरेको हो ।
देश विदेशमा रहेका नेपाली दर्शकहरुको माया र जर्जहरुको राम्रो मुल्याङकनले गर्दा आफु टप 5 मा पर्न सफल भएको दनुवारले बताए । अब आईएमइ नेपाल लोक स्टार बिजेताको लागि अझै धरै दर्शकहरुको साथ माया र जर्जहरुको राम्रो मुल्याङकनको आशा गरेको उनले बताए । दनुवारले सबैको साथ सहयोग भएमा आइ. एम. ई. नेपाल लोकस्टार बनेर उदयपुरको शान राख्दै नेपाली लोक गित संगितको सधैव संरक्षण गर्ने बताए ।

लोप हुदै गईरहेको नेपाली लोक संगितलाई युवा पुस्ताले संरक्षण गर्नु पर्ने भन्दै यसको सधै संरक्षण संबद्र्धनको लागि आफु लागि पर्ने उनले बताए ।
आफ्नो गृह जिल्लाको बिभिन्न स्थानहरुमा भोटको अपिल गर्दै दनुवार सोमवार गाईघाट आईपुगेको थियो । अडिसन समय देखिनै जर्ज र दर्शकहरुले आफ्नो प्रस्तुती मनपाराई रहेको र आइ. एम. ई. . नेपाल लोक स्टारको अन्तिम चरणमा पनि दर्शकहरुको उत्तिकै साथ सहयोग भएमा आफ्नो बिजयी सुनिश्चित रहेको दनुवारले बताए ।
दनुवारले आफुलाई भोट गर्न मोवाईलको मेसेज बक्समा गई L space 13 (एल खालीठाउँ १३ गरी ३७००० आफुलाई भोट गर्न र IME App डाउनलोड गरी त्याहाँबाट पनि भोट गर्न सकिने बताए ।
