
पूर्णपुष्टि, जेष्ठ २६
त्रियुगा नगरपालिकाका नगरकार्यापालिका सदस्यको निर्वाचन फर्सि (शनिवार) हुने भएको छ । निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय उदयपुरले मनोनय दर्ता भएको उम्मेदवारहरुको नामवली प्रकाशन तथा सार्वजानिक गर्दै कार्यापालिका सदस्यहरुको चुनाव हुने जनाए । ८ कार्यापालिका सदस्यहरुका लागि १६ जना प्रतिस्पर्धिहरुले चुनवा लड्ने छन् । चुनावमा नेपाली कांग्रेसबाट ८ जना, एमालेबाट ४ जना र माओवादीबाट ४ जनाले उम्मेदवार दिएका छन् । यस मध्ये ६ जना पुरुष र १० जना महिलाहरु उम्मेदवार रहेका छन् ।
