
पूर्णपुष्टि, २९ माघ ।
उदयपुरमा भोली प्रदेशको मुख्यमन्त्री आउने भएको छ । मुख्यमन्त्री केदार कार्की भोली मंगलबार उदयपुर आउने भएको हो । कार्की सँगै अन्य ३ मन्त्रीहरु समेत उदयपुर आउने भएको छ । खानेपानी सिँचाई तथा उर्जा मन्त्री नारयण बुर्जा मगर, र उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री लगायत मन्त्री उदयपुर आउने भएको हो । उनिहरु उदयपुरको गाईघाटमा भोली देखी सुरु हुने दोस्रो प्रदेश माहोत्सव २०८० कार्यक्रममा सहभागी हुन आउने भएको हो । उक्त महोत्सवको उद्घाटन मुख्यमन्त्री केदार कार्किले गर्ने कार्यक्रम रहेको छ ।