Wednesday, June 10News That Matters

भ्यालेन्टाइन डे नजिकिए संगै सरकारले गुलाव फुलको आयातमा प्रतिवन्ध

पूर्णपुष्टि,माघ २७ । नेपाल सरकारले भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबअरीलाई लक्षित गरी गुलावको फुल आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले फूल आयातमा अर्को सूचना जारी नभएसम्मका लागि फुलको आयातमा प्रतिबन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छिन् ।

बर्षेनी काकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट लगाएतका ठाउँहरुबाट गुलाबको फूल आयात हुने गरेको थियो । ‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट बिशेष कारणले अर्को ब्यबस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ ।