
पूर्णपुष्टि,माघ २७ । विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शुक्रबार) बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम हुने भएको हो ।
महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए । यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले उनले बताए । महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पुर्याउने तयारी रहेको उनले बताए ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार नेताहरूले दाबी गरेका छन् ।
महाधिवेशन उद्घाटन समारोहमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत विभिन्न दलका नेतालाई निमन्त्रणा गरिएको छ।
