Saturday, May 17News That Matters

मकवानपुरमा बसको ठक्करबाट गाईघाटका एक जनाको मृत्यु

पूर्णपुष्टि, चैत्र २५ । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गा स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट उदयपुर गाईघाटका एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका–११ संगम टोल निवासी ५८ वर्षीय जितबहादुर प्रधानले बिहान २ बजेतिर शौच गर्नका लागि आफू सवार गाडी रोकेर सडक पार गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय मनहरीका डिएसपी श्यामु अर्यालका अनुसार मृतक प्रधान बा.प्र.०१–००६ ख ६७१६ नम्बरको गाडीमा सवार थिए । उनी सडकको अर्को तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिएको हो ।

गम्भीर घाइते प्रधानलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले बिहान ३स्३० बजे उनलाई मृत घोषित गरेका थिए । मृतक प्रधानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । प्रहरीले दुर्घटनामा संलग्न बसका चालक मोहन थापालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।