
पूर्णपुष्टि, जेठ १८ ।
उदयपुरको त्रियुगा नगरपालिकामा एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा स्थानीय २५ वर्षिय प्रकाश दनुवार पक्राउ परेका छन् ।
हिजो आप्mनै मकैबारीमा घाँस काटिरहेको अवस्थामा जबरजस्ती करणीको प्रयास गरेको भन्दै पिडितले आज उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले दनुवारलाई पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले दनुवारलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरीमा बुझाएको छ । उनलाई जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
