Tuesday, June 2News That Matters

फरार अभियुक्त विरेन्द्रबजारबाट पक्राउ

पूर्णपुष्टि, जेठ १८ ।

कर्तब्य ज्यान मुद्दामा गतवर्षको असोजदेखि फरार रहेको एक अभियुक्तलाई उदयपुर प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका- १ छुईलाका ५३ वर्षिय मान बहादुर बि.क. पक्राउ परेका हुन् । कर्तब्य ज्यान मुद्दामा २०६७ असोज ११ गतेदेखि फरार रहेका विकलाई इलाका प्रहरी कार्यालय बेल्टारले आज पक्राउ गरेको हो । चौदण्डीगढी नगरपालिका-८ बिरेन्द्र बजारबाट उनी पक्राउ परेको हो ।