
पूणर्पुष्टि, जेष्ठ, १९
कर्णाली प्रदेशमा ४३ जना कोरोना संक्रमित थपिएको छ । २ प्रहरी सहित ४३ जना संक्रमित थपिएको हो । जस्मा जुम्लाको २ प्रहरी समेत रहेका छन् । नयाँ संक्रमितहरुमा दैलेखका २४ जना र जुम्लाका १९ रहेका छन् ।
दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला संयोजक विवेककुमार पुनको भनाइ छ ।
यता जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको संयोजक पुनले जानकारी दिनुभयो ।
