
उदयपुर, फागुन ४ गते ।
उदयपुरका आगलागीबाट करिब छ लाख बराबरको क्षती भएको छ । रौतामाई गाउँपालिका–४ नथने निबासी जितबहादुर मगरको घरमा आगलागी हुदा छ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको हो ।
फुसको छानो भएको घरमा एक्कासी लागेको आगोबाट घर, भान्सा घार, गाई गोठ र भाडा वर्तन, अन्न पात, लत्ताकपडा जलेर पूर्ण रुपमा नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
