Saturday, May 16News That Matters

प्रजातन्त्र दिवसको तयारी सुरु

उदयपुर, फागुन ४ गते ।

७० औँ प्रजातन्त्र दिवसको भब्यताका साथ मनाउको लागि उदयपुरमा मूल समारोह समिति गठन भएको छ । आईतबार बसेको छलफलले जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको संयोजकत्वमा समिति गठन भएको हो ।

विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउ लागेको दिवसका तयारी सुरु भएको मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले बताए ।

आगामी फागुन ६,७ र ८ गते भब्यताका साथ मनाउन लागिएको दिवसको दिपप्रज्वलन, सरसफाई, वक्तित्व प्रतियोगीता, अन्तरक्रिया कार्यक्रम, सरकारी र संघ सस्थाको भवनमा उम्रिएका पिपल, झार लगायतका बोट विरुवा सरसफाई, स्थानीय सरकारलाई दिवस मनाउन अनुरोध गर्ने लगायतका निर्णय भएको संयोजक परियारले बताए ।

त्यस्तै निर्वाचन आयोगको निर्वाचन दिवसलाई पनि प्रजातन्त्र दिवससँगै समेटर ६ गते वक्तित्वकला प्रतियोगीता र अन्तरक्रिया कार्यक्रम गर्ने संयोजक परियारले बताए । दिवसलाई सफल बनाउनको लागि सवै कार्यालयको कार्यालय प्रमुख कर्मचारी र संघ सस्थाहरुको प्रतिनिधिहरु, विद्यार्थी, सर्वसाधरणलाई सहभागिताको लागि अनुरोध गर्ने उनले बताए ।

प्रजातान्त्रिक आन्दोलनपछि जनताले प्रजातन्त्र प्राप्त गरेको दिनको सम्झना दिवास मनाउन थालिएको ७० औँ प्रजातन्त्र दिवस भब्यताकासाथ मनाउन तयारीमा जुटेको संयोजक परियारले बताए ।

उक्त वैठकमा प्रमुख जिल्ला अधिकारी ध्रूवबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढा मगर, सशस्त्र प्रहरी बल ५ न. गण उदयपुरमा डिएसपी, बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष भोटराजराई, विभिन्न कार्यायलका कार्यालय प्रमुख, संघ सस्थाका प्रतिनिधि पत्रकाहरुको उपस्थितिमा रहेको थियो ।