
उदयपुर, फागुन ४ गते ।
उदयपुर र खोटाङको एक सय ७७ वटा उद्योगमा सर्वेक्षण हुने भएको छ । राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ मा दुई जिल्लाका साना तथा ठूला एक सय ७७ वटा उद्योगको सर्वेक्षण हुने भएको हो ।
दुई जिल्लाका वि,सि,डि र ई गरी चार प्रकारका उद्योग सर्वेक्षण गर्ने तथ्याङ्क कार्यालय उदयपुरले जनाएको छ । उदयपुरको एक सय २८ वटा र खोटाङको ४९ वटा उद्योगको सर्वेक्षण गर्ने उनले बताए ।
सर्वेक्षण खानी र उत्खन्न, औद्योगिक उत्पादन, विद्युत, ग्यास, वाफ तथा वातानुकुलित सेवा, पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यावस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको सर्वेक्षण गरिने प्रमुख शिवनारायण महत्वले बताए । सरकारले साना ठूला उद्योग र सवै भुगोल समेट्ने गरी एकै पटक समावेस गर्ने उद्देश्यले सर्वेक्षण गर्न लागेको उनले बताए ।
अढाई महिनामा सक्नु पर्ने सर्वेक्षणको लागि सरकारले एक लाख १० हजार बजेट विनियोजन गरेको छ । उक्त सर्वेक्षणको लागि आफ्नै जनशक्ति परिचालन गर्ने तयारी भएको प्रमुख महत्वले बताए । यस सर्वेक्षणमा परेको उद्योग २०७५ सालको आर्थीक गणनालाई आधार मानी माथिबाट नै पठाएको निर्देशीका अनुसार दुई जिल्लाका एक सय ७७ वटा उद्योगमा सर्वेक्षण हुने उनले बताउ ।
यस सर्वेक्षणले सरकारले लिएको लक्ष्य र उद्देश्य पुरा गर्नुका साथै तोकिएको समयमै पुरा हुने आश लिएको प्रमुख जिल्ला अधिकारी ध्रूबबहादुर खड्काले बताए । सर्वेक्षणका लागि आवश्यक सहयोगको लागि तत्पर रहेको उनले बताए ।
