Friday, October 4News That Matters

मतुवा सहायक वन अधिकृत यादवको होटल हर्कत सार्बजनिक (अडियोसहित)

पूर्णपुष्टि/उदयपुर, फागुन २४ गते

-एक मतुवा सहायक वन अधिकृतले सरकारी सवारी साधन दुरुपयोगको विषयलाई लिएर पत्रकार महासंघ र पत्रकारलाई ठाडै चुनौती दिएका छन् । जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले यस्तो चुनौती दिएका हुन् ।

एक होटलमा मिडियालाई गालीगलौज गरेको तथ्य फेलापरेपछि यादवको हर्कत सार्बजनिक भएको हो । (सुन्नुहोस् यादवको हर्कत खुल्ने अडियो)

प्राप्त एक अडियोमा “केहीदिनअघि महोत्सवमा सरकारी मोटरसाईकलको दुरुपयोग” भन्ने समाचारप्रति विमति प्रकट गर्दै सहायक वन अधिकृत यादवले आफुले पनि दुरुपयोग गरेको तर, कारवाही गरेर देखाउनु भन्ने चुनौती दिएका छन् । गाईघाटमा सञ्चालित त्रियुगा महोत्सव केही कर्मचारीहरुको मोजमस्ती गर्ने थलो बनेकोसमेत सो भिडियोले पुष्टि गरेको छ ।

अपशब्द प्रयोग गर्दै पत्रकार महासंघको नामै तोकेर उनले लड्नका लागि चुनौतीसमेत दिएका छन् । मदिराले लठ्ठिएको स्वरमा उनले आफु विन्दास मान्छे भएको, इज्जतका लागि मात्र जागीर खाएको भन्दै दशमिनेटमा अमेरिकाको भिजा लाग्ने फुर्तीसमेत दिएका छन् ।

पटकपटक आर्थिक चलखेलको आरोप लाग्ने गरेका सहायक वन अधिकृत यादवले अन्य बेलापनि सार्बजनिक स्थानमै सिनियर अफिसरको खिल्ली उडाउने र जुनियर कर्मचारीहरुलाई पेलान दिनेसमेत गरेका छन् । आफुलाई सरकारी मान्छे भन्दै उनले सरकारी सवारी साधन जे गरेपनि हुन्छ भन्ने आशय व्यक्त गरेका छन् ।

व्यक्तिगत स्वतन्त्रताको नाममा मेला, महोत्सवतिर मोजमस्ती गरिहिड्ने यादव जस्ता केही कर्मचारीका कारण सिंगो कर्मचारी क्षेत्र बद्नामीको भागिदार बन्नुपरेको छ । यतिमात्र हैन, पत्रकार र पत्रकारिता क्षेत्रलाई बदनामी गर्दै दिएको आपत्तिजनक उनको अभिव्यक्ति र सरकारी सवारी साधनको दुरुपयोगको छानविन तथा कारवाही हुनु जरुरी छ ।

यस विषयमा जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद पौडेलले आफ्नो कर्मचारीबाट गल्ति भएको पाएमा कारवाही गर्ने बताउनुभएको छ ।

सहायक वन अधिकृत यादवले वनको बा १ प ४१४ नम्बरको मोटरसाइकल महोत्सवमा लगेको स्विकार गर्दै पत्रकारलाई गाली नगरेको तर, गल्ती भए माफि माग्ने बताएका छन् ।

सम्बन्धीत निकायले यसअघि दुरुपयोग भएको मोटरसाईकल र कर्मचारीको खोजी गरी कारवाही गरेकोसमेत पाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0