Friday, October 4News That Matters

मदन बचाऊ अभियानद्वारा ९ लाख ६५ हजार संकलन

पूर्णपुष्टि/उदयपुर, साउन ३० गते ।

दुबै मृगौला फेल भएका मदन राईको सहयोगार्थ छ महिना अघि बनेको मदन राई बचाउ अभियान समितिको पहलमा ९ लाख ६५ हजार ३ सय ९१ रुपैया संकलन भएको छ ।

समितिका सदस्य कमल राना मगरका अनुसार संकलित रकम दुई चरण गरी परिवारलाई हस्तान्तरण गरिएको छ । पहिलोचरणमा गत जेठमा ८ लाख ५४ हजार ७१ रुपैया र हालै एकलाख १० हजार ८२० रुपैया मदनकी श्रीमती पम्फा राईलाई हस्तान्तरण गरिएको हो ।

नाजुक आर्थिक अवस्थाका कारण उपचार गराउ समस्या परेका राईलाई देश विदेशका नेपालीहरुले सहयोग गरेका हुन् । समितिका अभिलेख अनुसार मिलन राई र प्रसाद राईको अगुवाईमा यु.के. खोटाङ सेवा समाजबाट चारलाख ११ हजार ८१०, धुर्व तामाङ र ज्ञानेन्द्र राईको अगुवाईमा एकलाख २७ हजार, मंगल राईको अगुवाईमा मकाउबाट ७० हजर ८२०, उदयपुरको विभिन्न व्यक्ति, संघ संस्थबाट एकलाख ८४ हजर २६१, उदय राईको नेतृत्वमा काठमाडौंबाट ८३ हजार ४४०, किराँत राई यायोक्खा उदयपुरको पहलमा ५४ हजार ६० रुपैया, लिम्चुङबुङ गाउँपालिका उदयपुरबाट २५ हजार संकलन भएको छ । त्यस्तै त्रिवेणी टोल विकास संस्था त्रिनपा १२ बाट १७ हजार ९४५, नवनेपाल बहुउद्देश्यीय सहकारी संस्था गाईघाटबाट १५ हजार, इन्द्रेश्वर टोल सुधार समिति त्रिनपा ११ बाट १३ हजार ४०, श्री हलहले युवा क्लव दिप्र्ुङ छिता पोखरी खोटाङबाट १० हजार, सेम्मा माईक्रो लघुजल विद्युत योजना खोटाङ छितापोखरीबाट नौहजार ५०० संकलन भएको छ ।

त्यस्तैगरी हिमाली यातायात व्यवसायी संघ गाईघाटबाट पाँचहजार, त्रियुगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भिमबहादुर पुलामी मगरबाट पाँचहजार, उदयपुर बोर्डिङ स्कूल, गाईघाटबाट चारहजार, विभिन्न व्यक्ति र संघसंस्थाबाट थप १३ हजार ३७७ संकलन भएको छ ।

मदनकी श्रीमती पम्फाका अनुसार मृगौला प्रत्यारोपण गर्नैपर्ने अवस्थाका मदनको आरोग्य स्वास्थ्य प्रतिष्ठान काठमाडौंमा उपचार चलिरहेको छ । उपचार र चिकित्सकको निगरानीका कारण मदन बस्न, बोल्न र खान सक्ने भएका छन् । तर मुख्य कुरा उनको मृगौला प्रत्यारोपण हो । उनका लागि मृगौलादाताको खोजी व्यापक भएपनि अझै फेला परेको छैन । परिवारबाटै मृगौला दान गर्न खोजिए पनि नमिलेपछि खोज्नैपर्ने भएको हो ।

मृगौला प्रत्यारोपण नगर्दासम्मको अवस्थामा औषधी, डायलसिस लगायतका उपचारखर्च भारी परिरहदा मदनको स्वास्थ्यमा चुनौती देखिन्छ भने खर्चको चुनौती पनि थपिएको छ । यसै कारणले पनि मदनलाई सहयोगको अझै खाँचो देखिएको छ ।

सहयोगदाताकै कारण बाँचिरहेका मदनको तर्फबाट अभियान समिति र आफन्तको तर्फबाट बिशेष धन्यवाद ज्ञापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0