
उदयपुर, भदौ १८ गते ।
तत्कालिन नेकपा एमालेमा महासचिब जननेता मदन भण्डारीको सम्झनामा उदयपुरमा बुधबार बृक्षारोपण गरिएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरको आयोजनामा मदनभण्डारी आँखा अस्पताल परिषरमा स्व. भण्डारीको नाममा पुर्वसहरी विकास राज्य मन्त्री, प्रतिनिधिसभा सदस्य एवंम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मन्जुकुमारी चौधरीले मलेसियनसालको विरुवा रोपेकी हुन् ।
जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, पत्रकार लगायत स्थानीयले आफन्तको सम्झनामा अस्पताल परिषरको खाली १० कठ्ठा जग्गामा कपुर, खमारी, रुद्राक्ष, मलेसियन साल, तेजपत्ता, अग्रउड, विरेन्द्रफुल, वयस प्रजातिका १ सय १५ वटा बोटविरुवा रोपेका छन् ।
आफन्तको सम्झनामा विरुवा रोप्दा समय समयमा मलजल, हेरचाह हुने भएकाले स्मृति बृक्षारोपण कार्यक्रम आयोजना गरिएको नेत्र ज्योती संघका अध्यक्ष भागवत राउतले बताए । हरियाली क्षेत्रकोरुपमा विकास गर्न प्रत्येक घर तथा खाली जग्गामा बृक्षारोपण गर्ने सरकारी लक्ष्यापनि छ । त्यसलाई सार्थक बनाउनका लागी पनि हामीले खाली रहेको जग्गाको उपयोग गरेको उनले बताए ।
आफन्तको नामा रोपेको विरुवा हेरचाह गर्नका लागि आफै बाध्य हुने भएकाले पनि यस कार्यक्रममो आयोजना गरिएको अध्यक्ष राउतले बताए । स्मृतिलाई मलजल गर्नु अफ्नै दायित्व हुने भएकाले संरक्षण हुने उनले बताए । वृक्षरोपण गर्नेहरुबाट जनही एक हजार रुपैया उठाएर विरुवा हेरचाह गर्ने (पाले) समेत राखेको उनले बताए ।
रोपिएका विरुवाको संरक्षण र सम्र्बद्धनका लागि विशेष ध्यान दिनु पर्ने पूर्व मन्त्री चौधरीले बताईन् । बृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख बिरुवाको संरक्षण र संवद्र्धनकासाथै हरियालीमा परिणत हुने हुँदा सबैले अपनत्व लिनु पर्र्नेमा उनले बताईन् ।
