Sunday, June 14News That Matters

मध्यपश्चिम विश्वविद्यालयमा महिला मृत फेला

पूर्णपुष्टि, भदौ १४

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको मध्यपश्चिम विश्वविद्यालयमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृतक महिलाको पहिचान खुली नसकेको प्रहरीले जनाए । विश्वविद्यालयको व्यवस्थापन संकाय (मुसोम) को भुईं तलामा मृत अवस्थामा महिला फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीका अनुसार सोमाबार दिउँसो साढेँ ४ बजे मृत अवस्थामा फेला परेकी महिलाको अन्दाजी उमेर २८÷२९ रहेको छ । मृतकको शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको कार्कीले बताए । मृतकको शव प्रदेश अस्पताल कालागाँउको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।