
पूर्णपुष्टि, जेठ २० गते ।
यस वर्षको मनसुन जुन १० आसपासमा नेपाल भित्रने पूर्वानुमान महाशााले अनुमान गरेको छ ।
अहिले अरब सागरमा न्यूनचापीय प्रणाली विकास भएकाले जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
अहिले भारतको केरलासम्म मनसुन भित्रिसकेकाले यस वर्ष बेलैमा मनसुन भित्रने अनुमान गरिएको छ । दक्षिण पूर्वी अरब सागरमा रहेको न्यूनचापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र चक्रवात बन्ने सम्भावना रहेको जनाइएको छ ।
