मन्त्री कार्की : त्रियुगा नदीमा पुल निर्माण नै पहिलो प्राथमिक्ता, सगरमाथा विमान स्थलको काम यथाशिघ्र शुरु हुने

पूर्णपुष्टि, पुष २०
उदयपुरको त्रियुगा नदीमा पक्की पुल निर्माण कार्यलाई प्रदेश सरकारले प्राथमिक्ता राखेको प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले बताउनुभयो । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित जनता नमूना विद्यालयमा नव निर्मित भवनको उद्घाटन गर्न सोमबार आएका मन्त्री कार्कीले सो कुरा बताएका हुन् भएको हो ।
चौदण्डीगढी नगरपालिकाको ९ र १० नं. वडा जोड्ने ज्यामिरे र हडियाबीच त्रियुगा नदीमा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासीलाई सास्ति भोक्नु परेको समस्यालाई गम्भिररुपमा लिएको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले उदयपुरको चिनारीको रुपमा रहेको सगरमाथा विमान स्थलको काम पनि यथाशिघ्र शुरु हुने बताउनुभयो ।
स्थानीय नागरिकको समस्याप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको उनले धारणा थियो । फत्तेपुर, शिवाई, हडिया हुँदै गाईघाटसम्मको सडकलाई १२ महिना यातायातका सधानहरु चल्ने बनाइने उहाँले बताउनुभयो ।
त्यसैगरी नगर प्रमुख खगेन्द्र राईले शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै लगानी गरिरहेकोेले ढुक्कसँगले आफ्नो वालबालिकालाई विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

विद्यालय भने रंगीचंगी छ, तर शिक्षाको गुनस्तर राम्रो भएन भने त्यसको कुनै अर्थ नहुने बताए । कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी, नगर शिक्षा शाखाका उप सचिव रामेश्वर कुँवर, नगर सदस्यहरु मनु कार्की, प्रमिला दनुवार र जानुका कुँवर लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: