Wednesday, May 13News That Matters

मलेसियामा थप ४ हप्ता लकडाउन थपियो

पूर्णपुष्टि, बैशाख २८ गते । 

कोरोना संक्रमण रोकथामका लागी मलेसिया सरकारले चार हप्ता लकडाउन थपेको छ । यस अघि मे १२ सम्मका लागी लकडाउन तोकिएको भएपनि चार हप्ता थप्दै जुन ९ सम्म र्पुयाएको हो ।

मलेसियाले कोरोना संक्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन जारी राखेको छ । मे ४ देखि भने लकडाउन केही खुकुलो बनाइएको जनाईको छ । होटल, कलकारखाना लगायतका क्षेत्रहरु खुलेका छन् । तर निश्चित सुरक्षा सतर्कता अपनाइएको छ ।

लकडाउनको समय बढाएसँगै भिसाको अवधि सकिएकालाई १४ दिनभित्र देश छाड्न दिएको समय सारेको छ ।