Wednesday, May 13News That Matters

आउदो बजेटमा कर नबढ्ने

पूर्णपुष्टि, बैशाख २८ गते ।

आउँदो बजेटमा कोरोनाले थच्काएको आर्थीक स्थितिलाई उकास्ने गरी कार्यक्रम आउने अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७७÷७८ को विनियोजन विधेयक र बजेटका प्राथमिकता प्रस्तुत गर्दै कोरोनाले थच्काएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताएका हुन् ।

कोरोनाको प्रभा कम गर्न गहन जिम्मेवारी गरेको र चुनौती पन्छाउँदै नेपाललाई समृद्धिको बाटोमा र्डोयाउने गरी बजेट आउने मन्त्रि खतिवडाको दाबी छ । अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्नुपरेको, सिमानाको आवागमन बन्द गरेको, आन्तरिक आवागमनमा रोक लगाउँदा मानवीय क्षति नभएको र संक्रमित कम नै रहेको तर अर्थतन्त्रमा भने ठूलो असर गरेको जनाईएको छ ।

बजेटमा खास गरी नागरिकले सहज र सुलभ स्वास्थ्य सेवा पाउने कुरालाई जोड दिइने छ । व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने उहाँले बताउनुभयो । कर नबढाई दायरा बढाइने छ ।

ठूला र चालु अवस्थामा रहेका राष्ट्रिय महत्वका आयोजनामा स्रोत कमी हुन नदिने गरी बजेट आउने मन्त्रि खतिवडाले बताउनुभयो ।