Wednesday, May 13News That Matters

ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, बैशाख २८ गते ।

झापाको कन्काईबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । कन्काई नगरपालिका–४ निबासी ४० बर्षीय प्रदिप बुढाथोकीलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

आफ्नै घरबाट लागूऔषध कारोवार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटेका प्रहरी टोलीले उनको घरबाट नै १० ग्राम ब्राउन सुगर सहित बिहान करिब साँढे १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बुढाथोकीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।