Friday, February 7News That Matters

महासंघको स्थापना दिवसमा कैदीबन्दीलाई पत्रपत्रिका वितरण

पूर्णपुष्टि/उदयपुर, चैत १६ गते

-नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा शाखा उदयपुरले जिल्ला कारागारभित्रको अवस्थाबारे बुभ्mनुका साथै पत्रपत्रिका प्रदान गरेको छ ।

कारागारलाई राज्यले सुधार गृहको रुपमा लिएको अवस्थामा कारागारभित्रको अवस्था बुभ्mन शाखाले कैदीबन्दीहरुसंग भेटघाट तथा पत्रपत्रिका वितरण कार्यक्रम गरेको हो ।

कारागार प्रमुख मुकुन्द ढकाल, सुरक्षा इन्चार्ज असई धनकुमार श्रेष्ठसंगको समन्वयमा भएको कार्यक्रममा पत्रकार महासंघको तर्फबाट पत्रपत्रिका प्रदान गरिएको थियो । महासंघ शाखा अध्यक्ष भरत खड्काले पत्रपत्रिका प्रदान गर्नुभयो । महासंघको पहलमा कैदीबन्दीहरुका लागि दैनिक तथा साप्ताहिक पत्रपत्रिका पढ्ने व्यवस्था मिलाइएको छ ।

५० जना क्षमता रहेको कारागारमा हाल ९ महिलासहित १२३ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढि रहेपनि खान, बस्नका लागि राम्रै व्यवस्था रहेको उनीहरुले बताए । आफुहरुका लागि पत्रपत्रिका वितरण गरेकोमा खुसी व्यक्त गरेका उनीहरुले कारागारभित्र ढाकाटोपीको कपडा बुन्ने, मुढा, कुर्सी बनाउने जस्ता उद्यमशिलता पनि सञ्चालन गरिएको र त्यसबाट आयआर्जनसमेत गर्दै आएको बताए ।