Tuesday, April 21News That Matters

महिलाको सुन, चाँदी र नगद चोरी

पूणर्पुष्टि, साउन १९

सोमवार गाईघाटमा एक महिलाको सुन चाँदी र नगद चोरी भएको छ । त्रियुगा नगरपालिका वडा नं १३ जोगि पोखरी स्थित लक्ष्मी चौधरीको घरमा भाडामा वस्दै आएको कैलाली धनगढी चटकपुरकी २४ बर्षिया सविता राना -थारु) को आदि तोला सुन, ८ तोला चाँदी र ३ हजार नगद चोरी भएको हो ।

सामान करिब अन्दाजी रातिको १२ बजे चोरी भएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना स्थल गई अनुसन्धान र खोजि कार्यमा जुटेको छ ।