Wednesday, May 21News That Matters

महिला कबड्डीमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमा सिमित

पूर्णपुष्टि, असोज १९ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमै सिमित भएको छ । शुक्रबार बिहान हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको सेमफाईनलमा भारतसँग नेपाल ६१–१७ ले पराजित भएको हो ।

यसअघि समुह ‘बी’ मा रहेको नेपालले समुह चारणको पहिलो खेलमा बंगलादेशमाथि जित निकालेको थियो भने दोस्रो खेलमा ईरानसँग पराजित भएको नेपाल समुह उपविजेता बन्दै सेमिफाईनल पुगेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने दुवै टिमले कास्य पदक पाउने प्रावधान अनुसार नेपालको कास्य पदक पक्का भएको थियो । नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ र अब स्वर्णका लागि खेल्ने छ ।